पुस २६, २०७८ सोमबार

आफ्नो जन्मदिनमा रगतले लत्पतिएको अवस्थामा देखिए ऋतिक रोशन
बलिउडका चर्चित अभिनेता ऋतिक रोशनले सोमवार आफ्नो ४८औं जन्मदिन मनाउँदैछन् । ऋतिकलाई फ्यानसहित धेरै फिल्मी कलाकारहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

ऋतिकले आफ्नो ४८ औं जन्मदिनमा फ्यानहरूलाई विशेष उपहार दिएका छन् । 

वास्तवमा ऋतिक रोशनले आफ्नो जन्मदिनमा आफ्नो बहुचर्चित आगामी फिल्म विक्रम वेधासँग सम्बन्धित आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका छन्, जसमा उनको अवतार एकदमै फरक देखिन्छ । 

ऋतिक रोशनले आधिकारिक इन्स्टाग्राममा फिल्म विक्रम वेधाको पहिलो लुक शेयर गरेका छन् । ऋतिक रोशन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । 

उनले शेयर गरेको तस्वीरका अनुसार फिल्म विक्रम वेधामा ऋतिक रोशनको पात्रको नाम वेधा हो । तस्वीरमा उनी नीलो प्रिन्टेड कुर्तामा देखिएका छन् । रगतले लत्पतिएको अनुहारमा ऋतिक रोशनको ग्रे शेड लुक देखिएको छ । तस्वीरमा उनले चश्मा पनि लगाएका छन् । फिल्म विक्रम वेदसँग जोडिएको ऋतिक रोशनको यो लुक सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

फिल्म विक्रम वेधा आईआर माधवन र विजय सेतुपतिको २०१७ को तमिल फिल्मको हिन्दी रिमेक हो। यो हिन्दी रिमेक फिल्म पुष्कर र गायत्रीको निर्देशनमा बनिरहेको छ । फिल्ममा ऋतिक रोशनका अलावा अभिनेता सैफ अली खान पनि मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म विक्रम९बेतालको ऐतिहासिक कथामा आधारित छ, जसमा एक गुण्डा प्रहरीबाट जहिले पनि कथा सुनाएर भाग्ने गर्छ । फिल्ममा ऋतिक रोशन मुख्य भूमिकामा देखिनेछन् भने सैफ अली खान मुख्य खलनायकको भूमिकामा देखिनेछन् । 

यो फिल्म यसै वर्षको सेप्टेम्बरमा रिलिज हुन सक्छ । यो चलचित्रको छायांकन गत वर्ष मात्रै शुरू भएको थियो ।