पुस २७, २०७८ मंगलबार

फरान अख्तरको निर्देशनमा बन्न लागेको फिल्म 'जी ले जरा' निर्माणको घोषणादेखि नै चर्चामा छ। रोड ट्रिपमा आधारित फिल्ममा प्रियंका चोपडा, कटरिना केफ, आलिया भट्ट मुख्य भूमिकामा देखिँदै छन्। 

फिल्ममा फरान पनि मुख्य भूमिकामा देखिने छन् भने अब विकी कौशल पनि फिल्ममा देखिने चर्चा सुरु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा कटरिना​ केफको जोडीको रूपमा विकीलाई कास्ट गर्न लागिएको हो। 

गत महिना मात्र विवाह गरेका विकी र कटरिना यसअघि कुनै पनि फिल्ममा सँगै काम गरेका छैनन्। यद्यपि 'जी ले जरा'को निर्माण टोलीले औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन। 

महिला केन्द्रित कथामा आधारित रहेर बन्न लागेको फिल्ममा अझै एकजना पुरुष कलाकारको खोजी भइरहेको छ। 

यसै वर्षदेखि फिल्मको छायांकन गर्ने तयारीमा निर्माण टोली रहेको छ।