शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेशअनुसार रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने भएको छ । राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रूपमा बन्द गरिने भएको हो ।
यसैगरी, सिनेमा हलहरूमा ५० प्रतिशत दर्शक राखी सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले बताएका छन् ।