बैशाख १२, २०८१ बुधबार

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा अल हिलालले युएईको क्लब अल ऐनलाई २–१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ५–४ गोल अन्तरले पराजित हुदै सेमिफाइनलबाट बाहिरिएको हो ।

सेमिफाइनलको पहिलो लिगमा अल हिलाल अल ऐनसँग ४–२ ले पराजित भएको थियो ।

यो जितसँगै अल ऐन एएफसी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । अब अल ऐनले फाइनलमा जापानी क्लब योकोहामा र दक्षिण कोरीयन क्लब उल्सन एचडीबीचको विजेतासँग खेल्ने छ ।