काठमाण्डौ ।
चौथौं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)को अक्सन बिहिबार हुदैं छ । २९२ जना क्रिकेटरका बिचमा अधिकतम ६१ स्थान आफ्नो बनाउन अक्सन टेबलमा उत्रदै छन् ।
हामी आज महगोमा बिक्न सक्ने ५ विदेशी खेलाडीका बारेमा चर्चा गर्दै छौ ।
५)क्रिस मोरिस
रोयल च्यालेन्जर्स बैङ्लोरमा गत सिजन आबद्ध मोरिसलाईयस सिजनको अक्सन अगाडी टिमले रिलिज गरेकोमा भोली चेन्नाईमा हुने मिनि आईपिएल अक्सनमा यिनको पक्षमा ठुलो रकमको बोली लाग्नेछ । दिल्ली र चेन्नाई बाहेक हरेक टिमलाई तिव्र गतिका बलर आवश्यक रहेका मोरिसको तिव्र गतिको बलिङ तथा टिमलाई चाहिएको समयमा ठूला ठूला सट प्रहार गर्न सक्ने क्षमताका कारण यिनको ठूलो मुल्यमा बिक्ने सम्भावना लगभग निश्चित रहेको छ ।
४) जाय रिचर्डसन
अस्ट्रेलियाका तिब्र गतिका यि बलरको भर्खरै सकिएको बिग बास लिगमा २९ विकेट सहित सबैभन्दा धेरै विकेट लिने खेलाडीको रुपमा नाम सुचिकृत हुदा यिनमा ब्याटिङ क्षमता पनि रहेका कारण यिनको नाममा ठूलो मूल्यको बोली लाग्न सक्छ ।
३) शाकिब अल हसन
बंगलादेशी अलराउन्डर शाकीब गत सिजनमा आईसिसिको प्रतिबन्धका कारण आईपिएलमा सहभागिता जनाउन असक्षम भएकोमा यस सिजन पुनरागमन गर्दै ठूलो मुल्य पाउने छन् । मध्यक्रमको ब्याटिङका लागि भरपर्दा यिनको पक्षमा पन्जाव , चेन्नाई , राजस्तान लगायतका टिम अक्सनमा अगाडी आउने देखिन्छ ।
२) डेभिड मलान
वर्तमान टि ट्वान्टि तर्फको नम्बर १ ब्याट्सम्यानका रुपमा रहेका मलानलाई ओपनरको रुपमा आफ्नो टोलीमा आबद्ध गराउन चेन्नाई , कलकता लगायतका टोली जोड तोडका साथ लाग्ने हुदाँ यिनको मूल्य पनि नसोचिएको तबरको हुनेछ ।
१) ग्लेन म्याक्सबेल
आईपिएलको आज सम्मको ईतिहासमा धेरै पटक ठुलो मूल्यमा आफुलाई उभ्याउन सफल म्याक्सवेल यस पटक पनि ईतिहासका ति पानालाई निरअर्धक बनाउने पक्षमा रहेने छैनन् । बिबिएलमा रहेको उनको प्रदर्शन हेरिरहदा उनले अक्सन टेबलमा आफुलाई सशक्त रुपमा उभ्याउने आकलन गर्न सकिन्छ ।