माघ ३, २०७८ सोमबार

एभरेष्ट बैंक लिमिटेडले आज (माघ ३ गते, सोमबार) बाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेको छ । 

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता  बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

को हो बिक्री प्रबन्धक ?

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

उक्त ऋणपत्रमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले एनआईबिएल एस क्यापिटल, एभरेष्ट बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ 

61e4d1f55c464.jpg