नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार मेगा बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको एक करोड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलव ९५७ कित्ता सेयर सूचिकृत भएको हो ।
मेगा बैंक लिमिटेडको मंसिर २८ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न भएको पन्ध्रौँ वार्षिक साधारणमा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।