चैत २, २०७७ सोमबार

काठमाडौं : सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानेपा क्लब र विरगंज युनाईटेडबीच खेल हुनेछ । उक्त खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ । त्यस्तै दोस्रो खेलमा मनोहरा युनाईटेड क्लब र महाबिर क्लबबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।