माघ ३, २०७८ सोमबार

 पशुपति धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता गैर कानुनी भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिवलाई प्रतिवेदन बुझाउँदै सम्झौता खारेज गर्न सिफारिस गरेको हो।

मिलेमतोमा सम्झौता गरेको देखिएको भन्दै समितिले उक्त सम्झौता खारेज गर्न सिफारिस गरेको हो। सम्झौताअनुसार बेडको संख्या र दररेट फरक परेको, एक वर्षाको भाडा नतिरेको समितिले जनाएको छ।

भारत सरकारले निर्माण गरेको धर्मशाला भाडामा लिएर बतास समूहले होटल सञ्चालन गरिरहेको छ। 

यस्तो छ छानबिन समितिको निष्कर्ष :