सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा आज मङ्गलबार यहाँ सार्वजनिक बिदा घोषणा गरिएको छ ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मङ्गलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। सोमबारको प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम मधेस प्रदेश र स्थायी राजधानी जनकपुर रहने पक्षमा बहुमत पुगेको थियो ।