एजेन्सी : इटालियन सिरी ए फुटबलमा घरेलु टोली पार्मासँग रोमा पराजित भएको छ ।
आइतबार राति भएको खेलमा घरेलु टोली पार्मासँग बाहुना टोली २-० गोलले पराजित भएको हो। घरेलु टोलीको जितमा भ्यालीन्ट माहि र हिरिनिले समान १-१ गोल गरे ।
जारी खेलको ८औं मिनेटमा भ्यालीन्टले गोल गरि पार्मालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको पार्माले दोस्रो हाफको खेलको ५४औं मिनेटमा पेनाल्टीको अवसर पायो उसका हिरिनिले गोल गरि पार्मालाई २-० गोलको सहज जित दिलाए ।
उक्त जितसँगै पार्माले २७ खेलबाट १९ अंक बनाएकबध छ । पूछार बन्दा एक स्थानमाथि रहेको छ । यता पराजित रोमा भने २७ खेलबाट ५० अंकको साथ छैटौं स्थानमा रहेको छ ।