माघ ४, २०७८ मंगलबार

बरुण हाईड्रोपावर कम्पनी लिमिटेडले यसअघि स्थगित भएको वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा माघ १२ गते, बुधबार कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा बिहान ९ बजेदेखि सुरू हुनेछ । यसअघि पौष २९ गते, बिहीबार गर्ने भनिएको कम्पनीको वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेको हुनाले स्थगित भएको थियो ।

कोभिड-१९ महामारीको जोखिम कायम नै रहेको हुनाले साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई Zoom Meeting Id तथा password उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

सभामा कम्पनीले १००५ हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद निष्कासन गर्न कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।  यसका साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि पारित हुनेछन् ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष १६ गते बुकक्लोज गरिसकेको छ । त्यसैले, पौष १५ गतेसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छ: