माघ ४, २०७८ मंगलबार

 आजदेखि काठमाण्डौ उपत्यका भित्र सार्वजनिक गाडीमा चढ्न मास्क अनिवार्य गरेको छ । काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ । 

यस्तै काठमाण्डौ प्रशासनले जारी गरेको आदेशमा  माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनै पर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउने उल्लेख छ ।  डान्सबार, सिनेमा हल, रोधीघर, फुटसल, पटके हाटबजार लगायत मानिस भिडभाड हुने क्षेत्र पनि माघ १५ गतेसम्म बन्द गर्ने आदेशमा उल्लेख छ ।

विस्तृतमा थाहा पाउन तलको आदेश पढ्नुहोस्:

<iframe src="https://drive.google.com/file/d/188Lds0s9DK1NpptSWk0deunGQ3LgahN2/preview" width="640" height="480" allow="autoplay"></iframe>