४ माघ, काठमाडौं । नेपालमार्ग डेस्क । कोरोना भाइरस (कोभिड-१९)को नयाँ भेरियन्ट ओमिक्रोनका विभिन्न भेरियन्टका कारण सर्वोच्च अदालतले भोलि बुधबारदेखि दुई हप्तासम्म सीमित सङ्ख्यामा मात्र मुद्दाको सुनुवाइ गर्ने भएको छ । अदालतले स्वास्थ, सुरक्षा र रोग सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न भोलिदेखि सुनुवाइका कार्यहरू व्यवस्थित गर्ने जनाएको छ ।
तर अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ भने नियमित गर्ने जनाएको छ ।
मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ, फौजदारी मुद्दामा थुनुवामा रहेकाको मुद्दाको निवेदन र प्रतिवेदनमा पनि सुनुवाइ र थुनुवा भएका मुद्दाको भने सुनुवाइ हुने भएको छ ।
हालसम्म न्यायाधीश र मुख्य रजिस्ट्रारलगायत ३१ जनामा रोगको सङ्क्रमण देखिएको सर्वोच्चकाे विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुहोस् विज्ञप्तिः