माघ ५, २०७८ बुधबार

देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाइन फारम भर्दा परीक्षाका लागि महिनौँ समय लाग्ने गरेकामा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोलिपल्ट नै पालो आउने गरेको छ ।
उदयपुरस्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाइन फारम भरेको भोलिपल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए ।


यहाँ सेवा भर्खरै सुरू भएकोले कतिपयले थाहा नपाएर अनलाइन फारम भर्नेको चाप कम रहेको छ । जसका कारण छिटो पालो आएको उनले बताए ।