फागुन ५, २०७७ बुधबार

काठमाण्डौ । 
 नेपालका पहिलो प्रधानमन्त्रि भीमसेन थापाको जन्मथलो गोरखा पर्यटकीय केन्द्रका रूपमा विकसित हुँदै छ । गोरखा नगरपालिकाको सहयोगमा भीमसेन पार्क निर्माणपछि पीपलथोक घुम्न जाने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको हो ।

ऐतिहासिक महत्त्व बोकेको पीपलथोकबाट मनास्लु, हिमालचुली, गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रेलगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । साथै, गोरखाको ऐतिहासिक र पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोट दृश्यावलोकन गर्न सकिन्छ 

भीमसेन थापाको जन्म १८३२ मा पीपलथोकमा भएको थियो । गोरखा नगरपालिकाले पीपलथोकमा थापाको पूर्ण कदको शालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्य स्थल बनाएको हो ।