माघ ५, २०७८ बुधबार

आइतबारदेखि बेपत्ता बङ्गलादेशकी अभिनेत्री राइमा इस्लाम शिमुको शव दुई टुक्रा पारेर एउटा बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार शव ढाकाको केरानीगञ्जको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो ।


३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना पाइएको छ । यस घटनालाई लिएर प्रहरीले उनका पतिसमेत ६ जनालाई हिरासतमा लिएको छ । एजेन्सी