माघ ६, २०७८ बिहिबार

महेश सिंह/सिरहा/लहान - सिरहाको लहान नगरपालिका वडा नम्बर १ कृष्णटोलमा २०६४ सालमा स्थापना भएको सामुदायिक रेडियो समाद एफ एम १०२.६ मेगाहर्ज स्थापनको १३ औँ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेकाे छ । उक्त रेडियोले प्रत्येक वर्ष माघ ४ गतेका दिन उत्सव मनाउँदै आएकाे छ । 

उक्त रेडियो अवाजविहिनहरूको अवाजलाई बुलन्द गर्नका लागि स्थापन भएको स्टेशन म्यानेजर रामान्द चौधरीले बताए।


स्थापना कालदेखि नै रेडियोले विभिन्न भाषाभाषीको समाचार र गीतसङ्गितका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । समाज परिवर्तनमा रेडियोको भूमिका महत्त्वपूर्ण रहेको स्थानीयहरूको भनाइ छ ।