चैत २, २०७७ सोमबार


काठमाण्डौ।
कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ र सनवे कलेजबीच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । 

आईतबार क्यान महासंघका पूर्व अध्यक्ष हेमन्त चौरासिया र सनवे इन्टरनेसनल बिजनेस कलेजका एकेडेमिक डाइरेक्टर प्रमोद पौडेलबीच छात्रवृत्ति प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

यो सम्झौतासँगै सनवे कलेजले ७५ जना विद्यार्थीलाई ब्याचलर्स इन कम्प्युटिङ कोर्षमा छात्रवृत्ति प्रदान गर्नेछ । जसमा कलेजले ५ जना विद्यार्थिलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने छ भने प्रत्येक प्रदेशबाट १० जना गरी सात प्रदेशबाट ७० जना विद्यार्थीलाई ५०(७० प्रतिशत सम्म छात्रवृत्ति उपलब्ध गराउने छ । छात्रवृत्ति छनोट समितिले छात्रवृत्तिका लागि विद्यार्तीहरु छनोट गर्नेछ । 

यसअघि क्यान महासंघ र लर्डबुद्ध एजुकेसन फाउनडेसनबिच पनि आर्थिक रुपले विपन्न ४९ जना विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको थियो । उक्त सम्झौता अनुरूप कजेल छात्रवृत्ति उपलब्ध गराइरहेको छ ।