माघ ६, २०७८ बिहिबार

महोत्तरी । एमाले महोत्तरीको बुधबार र बिहीबार हुने भनिएको जिल्ला अधिवेशन सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने जस्ता निर्देशन जारी गरेपछि स्थगित गरिएको एमालेले जनाएको छ ।

तर यो आचारसंहिता नभएको भए पनि जिल्ला अधिवेशन गर्न नसकिने एमालेकै नेताहरूको तर्क छ ।

महोत्तरीमा अधिवेशनको तयारी नपुगेको भन्दै २४ र २५ पुसमा गर्नुपर्ने अधिवेशन ५ र ६ माघलाई निर्धारण गरिएको थियो ।