ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १४ करोड ७८ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २२.२५ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा संस्थाले १२ करोड ९ लाख ८० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५५.९९ प्रतिशतले बढेर ३० करोड ३७ लाख ७६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी १९ करोड ४७ लाख ३६ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १३.१२ प्रतिशतले बढेर १५ करोड ७ लाख ९ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १३ करोड ३२ लाख ३१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ र जगेडा कोषमा ३६ करोड ५४ लाख ४४ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) भने १९ रुपैयाँ ६० पैसाले घटेर ५३ रुपैयाँ ५३ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ७३ रूपैयाँ १३ पैसा रहेको थियो । संस्थाको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ १३ पैसा र मुल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ ।
संस्थाले प्रकाशन गरेको वित्तीय विवरण यस प्रकारको छ:
