माघ ६, २०७८ बिहिबार

संखुवासभा उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णभगत प्रधान निर्विरोध निर्वाचित  भएका छन्। बुधबार सदरमुकाम खाँदबारीमा भएको १४औँ अधिवेशनबाट प्रधानको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ समिति चयन गरेको छ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष्यमा डेगराज बस्नेत, उपाध्यक्ष पदमा संजीवकुमार श्रेष्ठ ९राजु०, नविन गौली, डाक्टर प्रसाद पराजुली निर्वाचित भएका छन्। महासचिव सरोजकुमार बज्रचार्य, उपमहासचिवमा प्रविण श्रेष्ठ, सचिवमा हिमाल श्रेष्ठ र राजकुमार श्रेष्ठ, कोषाध्यक्ष पदमा जनक पौडेली र सहकोषाध्यक्षमा राजीव श्रेष्ठसहित २९ जना सदस्यहरु निर्विरोध चयन भएका छन्।

नयाँ नेतृत्व चयनसँगै अध्यक्ष प्रधानले जिल्लाका समग्र उद्योगी, व्यवसायीहरुका लागि उपलब्धिमूलक कार्ययोजना बनाएर कार्यान्वयन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।