माघ ६, २०७८ बिहिबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार माछापुच्छ्रे बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस बापतको एक करोड २० लाख ४० हजार ६ सय १० कित्ता सेयर सूचिकृत भएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडको कार्तिक २६ गते, शुक्रबार सम्पन्न भएको तेइसौँ वार्षिक साधारण सभाले बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

61e912b692d6b.jpg