माघ ६, २०७८ बिहिबार


काठमाडौँ, ६ माघ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।


विद्यार्थीहरूलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरूले भने प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य छ । पुत्ला जलाउनुअघि विद्यार्थीहरूले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

नेपाल आयल निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३–३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।