चैत २, २०७७ सोमबार


काठमाडौं । 
राष्ट्रपति विद्यादेवी भण्डारी आगामी सोमबार  दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।अब बस्ने मन्त्रिपरिषदको बैठकले भ्रमणको मिति तय गरेसँगै भ्रमणको औपचारिक घोषणा हुने एक सरकारी अधिकारीले बताए ।

काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।