एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सेल्फिट युनाइटेडमाथि ५-० गोलको फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा केलिभली इहेनाचोले ह्याट्रिक गरे भने एयोजी पेरेजले एक गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको लेष्टरले दोस्रो हाफमा थप ४ गोल गर्न सफल भएको हो । उक्त जितसँगै तेस्रो स्थानको लेष्टरले कुल २९ खेलबाट ५६ अंक बनाएको छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडसँग एक र शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँग १९ अंकमा झारेको छ ।