माघ ७, २०७८ शुक्रबार

स्पेनिस जाइन्ट बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। बिहिबार भएको खेलमा एट्लेटिको बिलबाओसँग ३-२ ले पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो।

बिलबाओका लागि इकर मुनियानले दुई गोल गरेपछि बार्सिलोना स्तब्ध बन्यो। बिलबाओ भने बार्सिलोनालाई पराजित गर्दै कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो।

खेल सुरु भएको दोस्रो मिनेटमानै मुनियानले गोल गर्दै बिलबाओलाई अग्रता दिलाए। तर बार्सिलोनाले पहिलो हाफमानै बराबरी फर्काउने क्रममा २० औ मिनेटमा फेरन टोरेसले बराबरी गोल गरे। पहिलो हाफ १-१ गोलको बरबरी भएको खेलमा दोस्रो हाफको अन्तिम समय नाटकीय बन्यो।

मार्टिनेजले बिलबाओका लागि ८६ औ मनेटमा दोस्रो गोल गर्दा इन्जुरी समयको तेस्रो मिनेटमा गोन्जालेज लोपेजले बार्सिलानालई बराबरी गर्दै निर्धारित समय २-२ गोलको बराबरीमा ल्याएका थिए।

तर अतिरिक्त समयको पहिलो हाफको  इन्जुरी समयमा पाएको पेनल्टीलाई मुनियानले गोल गर्दा बार्सिलोना स्तब्ध बन्न पुग्यो। त्यसपछि दुबै टीमबाट थप गोल हुन सकेन र एट्लेटिको बिलबाओले क्वाटरफाइनलमा स्थान बनायो।