कोरोना महामारीको तेस्रो लहरका कारण आफ्ना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि यातायात व्यवस्था कार्यालयले आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ ।
कार्यालयकी प्रवक्ता सुनिता भट्टराईले अर्को सूचना जारी नभएसम्म चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा र नवीकरणबाहेकका सेवा बन्द गरेको जानकारी दिइन् । यसका लागि कार्यालयले दैनिक एक सय वटा टोकन व्यवस्था सुचारु गर्ने छ ।