चितवन, माघ ९ गते । भरतपुरको गोन्द्राङमा ६ लेनको सडक निर्माण भइरहेको र त्यहाँ ढलको पर्खाल लगाएको थियो । निर्माण भएको ढलको खाल्डो नपुर्दा त्यहाँ खसेर एक पोथी गैडा मरेको छ ।
मरेको गैँडा पोथी रहेको र थप अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
स्थनियले भने ढलको पर्खाल निर्माण भैसक्दा पनि खाल्डो नपुरेका कारण दुर्घटनाको जोखिम कायम रहेको बताएका छन् ।