माघ १०, २०७८ सोमबार

तेस्रो एकदिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले शृङ्खला ३-० ले आफ्नाे पक्षमा पारेको छ । 

२८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा सबै विकेट गुमाउदै २८३ रनमा समेटियो । भारतका विराट कोहलीले सर्वाधिक ६५ रन जोडे । यस्तै शिखर धवनले ६१ रन बनाउँदा दिपक चाहरले ५४ रनको योगदान गरे । 


दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३-३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लिए । यसअघि टस हारेर  ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २८७ रनको योगफल तयार पारेको थियो ।


दक्षिण अफ्रिकाका  क्विन्टन डी ककले १२४ रनको शतकीय इनिङ्स खेले । रस्सी भान डेर डुसेनले ५२ तथा  डेभिड मिल्लरले ३९ रनको योगदान गरे । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । यस्तै  दिपक चाहर र जस्प्रित बुम्राहले समान दुई विकेट लिए ।