सुर्खेत । लद्युवित्त संस्थाहरूको चर्को ब्याजका कारण किसानहरूको उठिबास भएको छ। न्यून आयस्राेत भएका किसानहरूलाई चर्को ब्याजमा ऋण लगानी गरेर पैसा असुली हुन थालेपछि किसानहरूको उठिबास भएको हो।
पञ्चपुरी नगरपालिका५ का टाटी गाउँका ८ घरपरिवार यति ती लद्युवित्त बैंकको ऋण तिर्न नसकेर भारत पलायन भएका हुन्।
सुरुमा गरिबी उकास्ने भन्दै समूह बनाएर श्रोतविना नै जथाभावी संस्थाको कारोवार बढाउन लगानी गर्ने गरेको पीडित विष्णा विकले बताइन्। उनका अनुसार अहिले गाउँबाट ८ घरपरिवार किस्ता र ब्याज तिर्न नसक्दा कमाउन भारत पलायन हुनुपरेको छ। ऋण तिर्न नसकेर भारत पलयान भएका स्थानीयहरूको नाम गोप्य राखिएको छ। लद्युवित्त संस्थाहरुले महिला समुह बनाएर सहुलियत दरमा नाममा ऋण लगानी गरेपनि चर्को ब्याज असुल्न थालेपछि किसानहरूको विचल्ली भएको हो।
समूहका महिलाहरुलाई सावाँ त के ब्याजसमेत तिर्न हम्मेहम्मे पर्ने गरेको छ। नगरपालिकाभित्र धेरै सङ्ख्यामा अद्युवित्त संस्थाहरूले वडा र टोलमा समुह बनाएर काम गरिरहेकोले ऋण लगानी नगरि कर्मचारीको प्रगती नदेखिने भएकाले हचुवाको भरमा लगानी गर्नुले स्थानीयहरु डुवेको स्थानीय वीरबहादुर थापाले बताए।
गाउँघरमा आर्थिक समस्या पर्दा सहजै समस्या टार्ने गरेका साना वित्तीय संस्थाहरूले पछिल्लो समय संस्थाको कारोवार बढाउने उद्देश्यले समुहमा लगानी गर्दा जोखिम बढेकाले ऋण लिने ब्यक्तिको आर्यस्तर अनुसार कारोवार गनुपर्ने पञ्चपुरी नगरपालिकाकी उपप्रमुख मुक्ती रेग्मीले बताइन्।