नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले २ वर्ष अवधिको 'विकास ऋणपत्र २०८० (ङ)' नामको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।
यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । यो ऋणपत्र धितो राखी कर्जा लिनरदिन पाइनेछ । उक्त ऋणपत्रको बोलकबोल भोलि माघ ११ गते मंगलबार अपरान्ह २ बजेसम्म हुनेछ । माघ १२ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८० साल माघ १२ गते भुक्तानी हुनेछ ।
त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात एक अर्ब ५० करोड छुट्याइएको छ।
विकास ऋणपत्रको बारेमा अन्य विवरण यस प्रकारको छ:
