सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ।
आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयामा कारोबार भएको थियो।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ।