काठमाण्डौ।
दक्षिण अफ्रिकी पुर्व कप्तान फाफ डुप्लिसिसले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन ।
३६ बर्षे डुप्लिसिसले आज टेष्ट क्रिकेटबाट सन्यास लिने निर्णयमा पुगेको बताएका छन । अष्ट्रेलियाले दक्षिण अफ्रिका भ्रमण रद्ध गरेको केहि दिनमा नै डुप्लिसिसले टेष्टबाट सन्यास लिने निर्णय गरे । उनले आफ्नो मार्फत इन्स्टाग्रामबाट सन्यासको घोषणा गरेका हुन् ।
उनले अब आफ्नो ध्यान टेष्टमा भन्दापनि सिमित ओभरको खेलमा हुने बताएका छन । आगामी दुई बर्षमा लगातार टी ट्वान्टि विश्वकप हुने भएकाले त्यसको तयारीका लागि पनि आफुले टेष्ट छोड्नुपर्ने बताएका छन । यसका साथै उनले विश्वमा धेरै भन्दा धेरै प्रतियोगिता खेल्ने चाहना रहेको र छोटो फरम्याटमा राम्रो खेलाडी बन्ने चाहना रहेको बताएका छन ।
सन् २०१२ मा डुप्लिसिस अष्ट्रेलियाविरुद्ध डेब्यु गरेका थिए ।
उनको करियरको अन्तिम टेष्ट पाकिस्तानविरुद्ध रावलपिण्डीमा खेलेका थिए । उनले टेष्टमा १० शतक र २१ अर्धशतकका साथ चार हजार एक सय ६३ रन बनाएका छन ।