काठमाडौं : सहिद स्मारक सी डिभिजन लिग फुटबलमा विरगंज युनाईटेडले क्लबले विजयी सुरुवात गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सानेपा क्लबलाई ३-२ गोल अन्तरले हराउँदै विरगंजले विजयी सुरुवात गरेको हो ।
विरगंजको जितमा विवेक चौधरी, संजय चौधरी र आशालाल कुँवरले १/१ गोल गरे । यता सानेपाका उज्वल लामा र करण तामाङले १/१ गोल फर्काए ।
विरगंजका लागि खेलको १० औं मिनेटमा विवेकले ,३२ औं मिनेटमा संजय र ३९ औं मिनेटमा आशालालले गोल गर्दै विरगंजलाई ३-२ गोलको जित दिलाए ।
उक्त जितसँगै विरगंजले ३ अंक जोडेको छ । यता पराजित सानेपा भने पहिलो खेलमै पराजित हुदै अंक बिहिन बनेको छ ।