के तपाईले कसैको मृत्युबारे भविष्यबाणी गर्नु भएको छ ? सर्वसाधारणका लागि निश्चिय पनि यो जटिल कार्य हो। तर, वैज्ञानिकले भने मानिसको आँखा हेरेर उसको मृत्युको भविष्यवाणी गर्न सकिने बताएका छन्।
अस्ट्रेलियाका अनुसन्धानकर्ताले एउटा नयाँ आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० कार्यक्रम बनाउन सफल भएका छन् । जसका माध्यमबाट मानिसहरुको रेटिना हेरेर आयु भविष्यवाणी गर्न सकिन्छ।
यस्तो भविष्यवाणी रेटिनाको अध्ययनमा आधारित छ। यो अध्ययन कुनै पनि व्यक्तिको स्वास्थ्यबारे गहिरो अध्ययन गर्न चिकित्सकलाई ‘झ्याल’ को काम गर्ने दाबी गरिएको छ।
१९ हजार जनाको नेत्र कोषको अध्ययनपछि एआईले रेटिनाको आयु ९रेटिन एज० भविष्यवाणी गर्न सफल भएको मेलबर्ननको सेन्टर फर आई रिसर्चले दाबी गरेको छ।
‘मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित स्नायु रोग र भास्कुलर प्रणालीको रोगविज्ञान प्रक्रियाको अध्ययन गर्न रेटिनाको अध्ययनले अद्दितीय पहुँच प्रदान गरेको छ,’ अध्ययनका लेखक तथा युनिभर्सिटी अफ मेलबर्न एन्ड सेन्टर फर आई रिसर्चका प्राध्यापक डा. मिङगुाअङले भने।
अध्ययनमा युके बायोबैंकमा सहभागी ४० देखि ६९ वर्ष उमेर समूहका एक लाख ३० हजार मानिसहरुको रेटिनाको नमुना अध्ययन गरिएको थियो। न्युज कारखाना