माघ ११, २०७८ मंगलबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मङ्गलबार ५ अङ्कको गिरावट आएको छ । २८ सय २० अङ्कबाट कारोबार सुरु भएको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म २८ सय १४ अङ्कमा आइपुगेको हो । 

यसक्रममा आज ५ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार सुरु भएको ३० मिनेटको समयमा बजार घटेर २७ सय ८४ अङ्कमा आइपुगेको थियो । तर, परिसूचक सुधारिँदै २८ सय ५६ अङ्कसम्म पुगेको थियो । त्यसपछि निरन्तर घट्दै कारोबार बन्द हुने समयमा ५ अङ्क घटेको हो ।