पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको छ । बिदा स्वीकृत नगराइ ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा उनले जागिर गुमाउनु परेको हो ।
यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।