चैत २, २०७७ सोमबार

फाइनल तस्बिर - मेघराज केसी

काठमाडौं : रुस्लान थ्री स्टार क्बल पुर्व प्रशिक्षक मेघराज केसी ‘एनएसएलमा अनुबन्धित भएको छन् ।’ केसीले सामाजिक सञ्चालन मार्फत उनले आफू एनएसएलमा अनुबन्धित भएको जनाएका छन् । केसी घरेलु फुटबलका सफल प्रशिक्षक मध्ये एक हुन् । त्यस्तै उनी एक वर्षपछि क्लब फुटबलमा फर्कने भएका छन् ।

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) मार्फत केसी प्रशिक्षकको रुपमा फर्कन लागेका हुन् । पछिल्लो समय ‘ए’ डिभिजन क्लब रुस्लान थ्री स्टार क्लबमा आबद्ध रहेका केसी गत वर्ष पोखरामा सम्पन्न १८औं संस्करणको आहा रारा गोल्डकप पछि कुनै पनि क्लबमा आबद्ध नहुने बताएका थिए ।

उनले भनेका थिए ए डिभिजन क्लबमा काम गर्दिन । तर पहिलोपटक एनएसएल आयो । क्लबमा नजोडिएपनि फुटबलको ऐतिहासिक क्षणमा आउदा छुटाउन मन नलाग्दो रहेछ ’। कुन क्लबमा भन्ने विषयमा भने उनी खुल्न चाहेनन् । अबको ‘केहि दिनमा त्यो पनि सार्वजनिक हुने समेत जनाए ।’

एनएसएलको पहिलो संस्करण बैशाख ११ देखि २५ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ । हिजो आइतबार मात्रै ७ फ्रेन्चाइज टोली र लोगो सार्वजनिक गरिएको थियो ।