माघ १२, २०७८ बुधबार

 नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार ४०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहि प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।