माघ १२, २०७८ बुधबार

काठमाडौँ । आज नेप्से  ३८.४२ विन्दुले घटेर  २७७६.६५ विन्दुमा आएको छ । यस दिन  ४ अर्ब ३१ करोडको  सेयर कारोबार भएको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । जीवन बीमा समूहकाे शेयर दुई सय ९८, निर्जीवन बीमा समूहकाे शेयर एक सय ४६, विकास बैंक समूहकाे शेयर ८४ र माइक्राेफाइनान्स समूहकाे शेयर ६३ अङ्कले घटेकाे छ । 

आज ९३ लाख ५८ हजार कित्ता शेयर चार अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरी अपी पावर कम्पनीको १६ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज पोखरा फाइनान्सको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।