माघ १२, २०७८ बुधबार

काठमाडौं, माघ १२ गते । अख्तियार दूरूपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्व विभागका महानिर्देशकसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले अनियमितता आरोपमा विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना र नौ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।
आयोगले उनीहरूविरुद्ध एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६४३ रुपियाँ विगो कायम गरेर मुद्दा दायर गरिएको सहायक प्रवक्ता भण्डारीले जानकारी दिए ।
चुनढुङ्गा उत्खन्नमा अनियमितता भएको भन्दै परेको उजुरीको अनुसन्धानका क्रममा खानी सञ्चालनसँग मिलेर प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारले ठहर गरेको छ ।