माघ १३, २०७८ बिहिबार

हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बुकक्लोज मिति तोकेको छ । 

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, माघ २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

कम्पनीले प्रकाशन गरेको सूचना यस्तो छः

61f20fbd0a763.jpg