माघ १४, २०७८ शुक्रबार

काठमाडौं: काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली हटेको छ। उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरूको संयुक्त बैठकले बस, माइक्रोबस र टेम्पोहरूमा जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो।

यसअघि कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो।

बैठकले ट्याक्सी र निजी सवारी साधनमा भने जोर बिजोर प्रणाली कायमै राखेको छ।