काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मछिन्द्र क्लबका मिडफिल्डर विशाल राई मार्की खेलाडीको रुपमा फ्रेन्चाइज टिम धनगढी एफसीमा अनुबन्धित भएका छन् ।
नेपाल सुपर लिगको फ्रेन्चाइज टोली धनगढीले सोमबार विशाललाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।धनगढीका मालिक सुवास बहादुर शाही र विशालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
धनगढीका मार्की खेलाडी नियुक्त भएपछि बोल्दै विशालले भने टोलीको लक्ष्य भने पहिलो संस्करणको सुपर लिगको उपाधि उचाल्नु रहेको बताए । उनले थपे'टिमको मार्की खेलाडी हुन पाउँदा खुसी छु । हामी जित्नका लागि खेल्ने छौँ,'।
राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य विशाल राई चर्चित क्लब मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबाट 'ए' डिभिजन लिगको उपाधि जितिसकेका छन् । गत सिजन मछिन्द्रले लिगको उपाधि जित्दा विशाल टोलीको महत्त्वपूर्ण सदस्य समेत रहेका थिए ।