|
एजेन्सी : भारत र इंग्ल्याण्ड बिचको तेस्रो टिट्वान्टी खेल आज हुदैछ। पहिलो टिट्वान्टीमा फराकिलो जित हात पार्न सफल पाहुना टोलीले दोस्रो टिट्वान्टीमा भने हार व्यहोरेको थियो। घरेलु टोलीले दोस्रो टिट्वान्टीमा पुनरागमन गर्दै भारतीय टोलीले शृखंवामा १/१को बराबरी गरेको थियो।
तेस्रो खेलमा जित हार्दै शृखंलामा अग्रता लिने सोचमा दुवै टोली रहेका छन्। खेल आज साझ ७:१५ मा भारतको अहमदाबाद स्थित नरेन्द्र मोदी क्रिकेट मैदानमा हुनेछ। दुवै टोलीको सम्भावित अन्तिम ११ यस प्रकारको रहको छ: इंग्ल्याण्ड जेसन रोय,जस बटलर(विकेट किपर),डेबिड मलान,जोनी वेयस्ट्रो,ओयन मोर्गान(कप्तान),वेन स्टोक्स,साम करन,क्रिस जोर्डन,जोफ्रा आर्चर,मार्क वुड र आदिल रसिद भारत ईशान किसन,केएल राहुल,विराट कोहोली(कप्तान),सुर्य कुमार यादव, श्रेयस अय्यर,रिषभ पन्त(विकेट किपर),हार्दिक पाण्ड्या,वासिंटन सुंदर,सार्दुल ठाकुर/दिपक चहर,भुवनेश्वर कुमार र युजवेन्द्र चहल
|