चैत ३, २०७७ मंगलबार

काठमाण्डौ : नेपाली क्रिकेटको समर्थकहरुको सबैभन्दा ठुलो र पुरानो फेसबुक समुह ‘नेपाली क्रिकेट फ्यान अन फेसबुक’ नामक समुहले नेपाली क्रिकेटका लागि भएका हरेक गतिबिधिमा साथ दिने क्रममा चितवनमा निर्माणाधिन गौतम बुद्ध क्रिकेट रंगशालाले केहि दिन अघिबाट संचालनमा ल्याएको ‘म बनाउछु मेरो रंगशाला’ अभियान अन्तर्गतको मेरो कुर्सी अभियानमा एक कुर्सी समुहको नाममा लिने १ लाख संकलन गरि फाउन्डेसनलाई हस्तान्तरण गरि सकेको अवस्थामा दोस्रो कुर्सी पनि समुहको नाममा गर्न आवश्यक १ लाख रकम संकलन गरि अर्को कुर्सी पनि लिने कार्य अन्तिम चरणमा पुगेको छ। 

“शनिबार रकम हस्तान्तरण पश्चात पनि जारी रहेको यस अभियानमा हामी तेस्रो दिनमा नै आएर सफल भएका छौ” समुहका सिनियर एडमिड सागर खरेलले बताउनु भयो।

 “नेपाली क्रिकेटको विकास र सकारात्मक परिवर्तनमा यस समुहको सधै सकारात्मक र सहयोगि भुमिका रहेको छ। धुमुर्स सुन्तली फाउन्डेसनले सुरुवात गरेको रंगशाला बनाउन ठुलो कार्यको सानो तर महत्वपुर्ण साथका रुपमा यसलाई बुझ्न जरुरी रहेको छ।यस्ता सहयोग हरेक क्षेत्रबाट आउनु जरुरी रहेको छ ” खरेलले हामीसॅंगको संवादमा बताए। 

सहयोगका लागि हामीले उठाएको रकम छिट्टै नै फाउन्डेसनलाई हस्तान्तरण हुने उहाले बताउनु भयो।
“यसको साथसाथै यो अभियान को लागि रकम सङ्कलन  बन्द गरिएको जानकारी गराउन चाहन्छौं।अबका दिनमा रकम सहयोग गर्न चाहने साथीहरुले सिधै फाउन्डेसनको खातामा सङ्कलन गराउन अनुरोध गर्न चाहन्छौ” खरेलले बताउनु भयो।