चैत ३, २०७७ मंगलबार

एजेन्सी : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ आबद्द राउन्ड ग्लोब्स पन्जाब एफसीले हिरो ईण्डियन लिग(आईलिग ) अन्तर्गतको खेलमा पराजित भएको छ ।

सोमबार भएको खेलमा पन्जाब टिडिम रोड एथ्लेटिक युनियनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
एथ्लेटिक युनियनको जितमा कोमरुम टुर्सुनोभले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि ७९ औं मिनेटमा मोहमद इर्सादले रातो कार्ड पाएपछि पन्जाब १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै एथ्लेटिक युनियनले १३ खेलमा २५ अंक जोडेको छ । एथ्लेटिक युनियन शीर्ष स्थानमा रहेको छ । यता पराजित पन्जाबले १३ खेलमा १९ अंक जोडेर लिगको पाँचौं स्थानमा रहेको छ ।