माघ १७, २०७८ सोमबार

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अतिरिक्त समयमा इजिप्टले मोरक्कोलाई पराजित गरेको हो ।

पहिलो ६ मिनेटमै पाएको पेनाल्टीमा बोफालको गोलबाट मोरक्कोले अग्रता लिएको थियो । तर ५३ औँ मिनेटमा मोहम्मद सालहले इजिप्टका लागि बराबरी गोल गरे ।

अतिरिक्त समयमा धकेलिएको खेलमा १००औँ मिनेटमा ट्रेजेगुइटले गोल गरेर इजिप्टलाई जित दिलाएका हुन् ।

अर्को खेलमा सेनेगलले इक्वेटरियल गिनीलाई ३–१ ले पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो ।

सेमिफाइनलमा सेनेगल र बुर्किना फासो तथा इजिप्ट र आयोजक क्यामरुन फाइनल प्रवेशका लागि खेल्नेछन् ।