चैत ३, २०७७ मंगलबार

काठमाडौं: भारतिय तिव्र गतिका बलर जसप्रित बुमराहले भारत र इंग्ल्याण्ड बिचको टेस्ट क्रिकेट बिचमा नै छोड्नुको कारण खुलेको छ । कारण उनको बिबाह रहेको छ ।

भारतीय क्रिकेट टिमको तीव्र गतिका बलर जसप्रीत बुमराह हिजो बैवाहिक बन्धनमा बाधिएका छन् ।

जसप्रीत बुमराहले मोडेल तथा स्पोर्ट्स एंकर संजना गणेशनसँग बिवाह गरेका हुन् । उनीहरुले पन्जाबी रिति रिवाजमा आफ्ना आफन्तजन र साथिहरुको उपस्थितिमा बिवाह गरेका छन् ।

वैवाहिक जीवनमा बाधिने कारणले नै उनले बीसीसीआई संग छुट्टि लिएका थिए । जसको कारण उनि इंग्ल्याण्डबिरुद्धको टि २० सिरिजको हिस्सा हुन् पाएनन ।